रौतहट,१ कार्तिक । हिजो राती र आज बिहान हावाहुरी सहित आएको बर्षाका कारण रौतहटका किसानले लगाएको धानबाली नष्ट भएको छ । बर्षाका कारण काटेर राखेको धानमा समेत क्षती पुगेको छ ।
खेतमा पाकेर काटने तयारी गर्दे गर्दा हावाहुरी सहित आएको बर्षाले धानबालीमा ठुलो नोक्सानी भएको सिन्धुरेघारीका किसान महेन्द्र चौलागांईले तराई एक्सप्रेसलाई बताए । जिल्लाको उत्तरी भेगका किसान बर्षाका कारण मारमा परेको समेत उनको भनाई रहेको छ ।