अशोक पहाडी
रौतहट,२८ मंसिर । रौतहटमा जोडो बढदै जान थालेको छ । आजबाट बिहानै देखी बाक्लो हुस्सु लागेका कारण जाडो बढेको छ । बाक्लो हुस्सुका कारण जिल्ला सदरमुकाम गौर लगाएतका स्थानको जनजिवन प्रभावित बन्दै जान थालेको स्थानीय बासिन्दाले बताएकाछन् । जिल्लाको उत्तरी भेग चन्द्रनिगाहपुर लगाएतका स्थानमा बिहान देखी मधुरो घाम लागेको भएपनि जिल्लाको दक्षिणी भेगमा भने बाक्लो हुस्सुका कारण जनजिवन प्रभावित बन्दै जान थालेको छ । हुस्सु लागेपछि जिल्लाको जनजिवन प्रभावित बन्दै जान थालेको छ ।








