बारा, पर्सा र रौतहटको दक्षिणी भेगका किसानहरूले साउनको मध्यसम्म पनि राम्ररी रोपाइँ गर्न पाएका छैनन् । रोपाइँको सिजनमा भारतले सम्झौताको आधा मात्रै पानी दिएपछि किसानहरूले रोपाइँ गर्न नसकेका हुन् ।
नेपालको नारायणी र त्रिवेणी नदीको पानीलाई भारतले विहार राज्यको वाल्मिकीनगरमा २ हजार ५ सय क्युसेक क्षमताको ब्यारेज निर्माण गरेको छ । जसबाट ८५० क्युसेक पानी नेपाललाई दिनुपर्ने दुवै देशबीचको सम्झौतामा उल्लेख छ ।








