चन्द्रनिगाहपुर,१२ साउन । लम्की स्किन रोगका कारण चन्द्रपुर नगरपालिकाका किसान मारमा परेका छन् । किसानका दजैनौ पशु चौपायमा मरेका छन् । यो रोग पछिल्लो समय जिल्लाका सबै जसो पालिकामा फैलदो अवस्थामा रहेको ।
जिल्लाको चन्द्रपुर नगरपालिकामा यो रोगले करिब २सय पचासको हाराहारीमा पशु मरिसकेको अनुमान गरिएको छ । चन्द्रपुर नगरपालिका पशु शाखाले दिएको जानकारीअनुसार असार मसान्त सम्म १२२ वटा गाई र भैसी मरेका छन् ।
रोग नियन्त्रण गर्न भन्दै चन्द्रपुर नगरपालिकाले नगरक्षेत्रभर निःशुल्क खोप कार्यक्रम सञ्चालन गरेको थालेको छ । चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले लम्पी स्किन फैलिएपछि गाई, भैँसी र गोरुलाई खोप लगाउने अभियान सञ्चालन गरेको बताए ।
केही वडामा खोप लगाई सकिएको र बाँकीमा कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिए । तर चन्द्रपुर नगरपालिकाको वडानं ४ र ३ ले मात्र आफ्नो वडामा खोप अभियान संचालन गरेको र अन्य वडाका किसानले खोप खोज्दा समेत नपाएको स्थानीयको गुनासो रहेको छ । चन्द्रपुर नगरपालिकाको वडानं ८ का अधिकांस पशु पालक किसानका गाई भैसी लम्की स्किन रोगका कारण ग्रसित रहेको भएपनि सम्बन्धीत निकायले चासो नदिएको स्थानीय किसान राजन तिमलसिनाको भनाइ रहेको छ ।
रोग नियन्त्रणको लागि चन्द्रपुर नगरपालिका वडा नं. ४ ले पशु सेवा शाखाको प्रविधिक सहयोगमा गाई भैसीको लम्पी स्किन रोगविरुद्धको निःशुल्क खोप अभियान सञ्चालन गरेको छ । वडाको अधिंकाश घरघरमा गाईभैँसी पालन गरिएकाले रोगबाट बचाउनका लागि खोप अभियान सञ्चालन गरेको वडा अध्यक्ष रवि राना मगरले तराई एक्सप्रेसलाई बताए ।
गोठ गोठमै पुगेर पशु चिकित्सक एवं प्राविधिक टोलीले निःशुल्क खोप लगाउने र उपचारका विधिको कार्यको थालनी गरेको उनको भनाइ छ ।
पशु प्राविधिक टोलीले गोठगोठमै पुगेर रोगको जाँच, निःशुल्क खोप, निःशुल्क औषधि वितरण गरी किसानलाई लम्की स्किनबारे जानकारी गराएको उनले बताए । उनका अनुसार वडा नं. ४ मा मात्र ५००भन्दा बढी पशुमा खोप लगाउने योजना छ ।
चन्द्रपुर नगरपालिकाका पशु शाखाका पशु चिकित्सक डा. सुलव चौधरीसहितको चार टोली बनाएर पशुमा खोप लगाइएको उनले जानकारी दिए ।
खोप पर्याप्त रहेकाले समयमा नै लगाउन वडाध्यक्ष मगरले वडावासीलाई आग्रह गरे । तर अन्य वडाले समयमा खोप लगाउने तिर ध्यान नदिएका कारण दैनिक पशु चौपाय मर्ने क्रम बढदो रहेको किसानहरुको भनाइ रहेको छ ।
जिल्लाको गुजरा नगरपालिकामा समेत यो रोग देखा परेपछि नगरपालिकाले औषधी खरिद गरेर खोप लगाउने कामको थालनि गरेको नगरप्रमुख सन्तलाल चौधरीले तराई एक्सप्रेसलाई जानकारी दिए ।
अहिले आफ्नो पालिकामा यो रोग महामारीका रुपमा नआएको भएपनि रोग देखा परेका पशु चौपायमा खोप लगाउने काम सुरु भएको चौधरीको भनाइ रहेको छ ।
जिल्लाको गढीमाई नगरपालिकामा ५५ वटा पशुमा लम्की स्किन रोग देखा परेपछि नगरपािलकाले खोप किन्ने निर्णय गरेको निमित्त कार्यकारी अधिकृत नागेन्द्र यादवले तराई एक्सप्रेसलाई बताए । यो रोगको प्रकोप अन्य पालिकाको तुलनामा चन्द्रपुरमा तिब्र रुपमा बढदो रहेको छ ।