रौतहट,४ भदौ । जिल्लाको चन्द्रपुर नगरपालिकाको मुख्य चोकको फोहोर समयमा नउठेको स्थानीयले गुनासो गरेका छन् । सडक पेटीमा फलिएको फोहोरका कारण दुर्गन्धले बाटो हिडन समेत समस्या भएको स्थानीयले बताए । चन्द्रपुर नगरपालिकाका प्रमुख संजय कुमार काफ्लेले स्थानीय व्यापारीले समेत फोहोर व्यावस्थापनमा चासो नदिएको बताउदै आफ्नो घर पसल अगाडिको फोहोर व्यावस्थापनमा सहयोग गर्न आग्रह गरे । स्थानीयले मुख्य चोकको फोहोर नगरपालिकाका सफाई कर्मचारीले चासो नदिएको गुनासो गरे ।