चन्द्रपुर, २९ साउन । चन्द्रनिगाहपुर सिटी जेसिजले सांसद देवीप्रसाद तिमल्सिनाकि श्रीमती रेणुको निधन प्रति समवेदना प्रकट गरेको छ । शुक्रबार जेसिजको टोलि तिमल्सिनाको घरमा पुगेर समवेदना प्रकट गरेको हो । चन्द्रनिगाहपुर सिटी जेसीजका मानार्थ सदस्य तथा रौतहट क्षेत्र नं—४ का संघीय सांसद माननीय देवप्रसाद तिमल्सिना ज्यूको पत्नी रेणु तिमल्सिनाको ४९ वर्षको अल्पायुमै निधन भएकोमा निधन भएको नवौं दिन २०७८ श्रावण २९ गते चन्द्रनिगाहपुर सिटी जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी लोकेन्द्र खड्का सहित संस्थाका संस्थापक अध्यक्ष बालकृष्ण श्रेष्ठ, पुर्व अध्यक्ष अनन्त कुमार अधिकारी, निर्मल भण्डारी, निवर्तमान अध्यक्ष दिलिप सापकोटा साथै बोर्डका साथीहरु कोषाध्यक्ष जितेन्द्र साह, महासचिव उज्जल रिजाल त्यसै गरी जेसी मित्रहरु देवराज न्यौपाने लगायतका जेसी साथीहरुले घरमा गएर हार्दिक समवेदना प्रकट गरे ।








