गरुडा,४ कार्तिक । वेमौसमी बर्षाका कारण रौतहट जिल्लाका अधिकास सडक बर्षामा हिलाम्मे र हिउदमा धुलाम्मे हुने गरेका छन । अहिले जिल्लाका अधिकांस सडक हिलोका कारण सवारी गुडने अवस्थामा समेत छैनन् । रौतहट जिल्लाका ग्रामीण क्षेत्रमा निर्माण भएका अधिकांश सडक जोखिमपूर्ण देखिएका छन् ।
जिल्लाको सदरमुकाम र अन्य जिल्लासंग जोड्न सडक निर्माण कार्यले तीव्रता पाए पनि सुरक्षाका दृष्टिले ती सडक जोखिमपूर्ण देखिएका हुन् ।
अधिकांश सडक प्राविधिक इस्टिमेटबिना नै निर्माण गर्ने होडबाजी चलेपछि सडकको अवस्था निकै कमजोर हुने गरेको छ । जिल्लाको झाझ पुल देखी कटहरिया हुदै जंगलसहिया सम्म जानेबाटो झाझपुल देखी कटहरिया सम्मको सडक बिगत लामो समय देखी जिर्ण रहेको भएपनि त्यस तर्फ सम्बन्धीत निकायको ध्यान जान सकेको छैन् ।
सो सडकको चार किलोमिटर सडक निर्माणका लागि ठेक्का लागेको भएपनि ठेकेदारले समयमा काम नगरेका कारण दुई दिनको बर्षाले सडक हिलाम्मे भएको छ । रौतहटका अधिकास सडक बर्षामा हिलाम्मे र हिउदमा धुलाम्मे हुने गरेकाले समेत सडक छेउका बासिन्दामा बिभिन्न रोगको प्रखोप बढेको गरुडाका स्थानीय व्यापारी विनोद चौधरीको भनाई रहेको छ ।
गरुडा समनपुर जाने बाटोको ठाउ ठाउमा सडक भत्केर खाल्डा भएका छन् । खाल्डामा पानी भरिएका कारण सवारी दुर्घटना बढेको छ । सो सडकमा हिलोका कारण हिडन नसक्ने अवस्था रहेको स्थानीय बासिन्दाको भनाई रहेको छ ।
जिल्लाको चन्द्रनिगाहपुर गौर रोडबाट दयाबाया जाने अधिकास सडकको हालत नाजुक रहेको धरहरीका स्थानिय शरोज गुप्ताको भनाई रहेको छ । स्थानीयलाई समितिमार्फत काम गर्न दिने र राजनीतिक प्र्रितशोध नहुने हो भने सडक निर्माण छिटो र गुणस्तरीय हुने गरेको छ ।








