रौतहट,२ पुस । रौतहटको गुजरा नगरपालिकाको सरकारी गाडी आज सनिबार रौतहटको नुनथर क्षेत्रको मदिरा पसल अगाडी फेला परेको छ । ना १ झ १६२६ र प्रदेश २– ०३ –००१झ ००२१ नम्बरको गाडी रौतहटको पर्यटकिय स्थल नुनथरमा रहेको मदिरा पसल अगाडी दिनभरी देखिएको थियो । सनिबारको दिन मदिरा सेवन गर्न गएका कर्मचारी गाडी मदिरा पसल अगाडी राखेर मदिरा सेवन गरे लठ थिए । सो बिषयमा सो नगरपालिकाका निमित्त कार्यकारी अधिकृत बनेका अहेव बिनोद कुमार जयसवालसंग बुझदा उनले गाडीको बिषयमा आफुलाई कुनै कुरा थाहा नभएको र उप मेयरले गाडी नुनथर लगेको बताएका थिए । तर जयसवाल स्वयम ननुथरमै मदिरा सेवन गरेर बसेका थिए ।
आज सनिवार सो नगरपालिकाका अधिकांस सरकारी नम्बर प्लेटका मोटर साईकल समेत नुनथरमै थिए । तराई एक्सप्रेसले सो बिषयमा जिल्ला प्रशासन कार्यालय रौतहटमा सम्पर्क गर्दा सरकारी सवारी साधान दुरुपयोग गर्ने नगरपालिकाका कर्मचारी माथि कार्वाही गर्ने बताएको छ








