बार्सिलोना । बहुसांस्कृतिक पहिचानसहित स्पेनका नेपालीहरुले आइतबार पर्यटकीय सहर बार्सिलोनामा मिनी नेपालको झल्को दिएका छन् । विश्व प्रसिद्ध रोमन क्याथोलिक गिर्जाघर अगाडि विभिन्न भेषभूषामा सजिएका नेपालीहरुको नृत्यले विदेशीहरुको ध्यान तानेको हो ।

१४१ वर्षअघि शिलान्यास भएर पनि अझै बनिरहेको ‘सग्रादा फैमिलिया’ नामको चर्च हेर्न बर्षेनी लाखौं पर्यटकहरुको भीड लाग्ने गर्छ । भूमिगत रेलमार्ग हुँदै चर्च पुगेका पर्यटकहरु आइतबार नेपाली गीत संगीतमा रमाएका थिए ।