आँखा प्रकृतिले मानिसलाई दिएको अमूल्य अंग हो। मानव शरीरमा सबै अंगको आ–आफ्नै महत्व भए पनि आँखाको महत्व अरूभन्दा महत्वपूर्ण छ। सामान्य हेलचेक्र्याईँले पनि आँखाको ज्योति गुम्न सक्छ। आँखामा देखिने कुनै पनि समस्यालाई सामान्यरूपमा लिनु हुँदैन। गर्मी मौसममा आँखाको समस्या बढी देखिने हुनाले अस्पतालमा बिरामीको संख्यामा पनि बढ्ने गर्छ। यस्तो बेला प्रायःजसो आँखा चिलाउने, पाक्ने, रातो हुनेजस्ता समस्या धेरै नै पाइन्छ। १४र१५ वर्षका बच्चामा आँखा चिलाउने रोग गर्मीसँगै सुरु हुन्छ। गर्मी सकिएर चिसो मौसमको सुरुवात हुनासाथ ठीक हुन्छ।