आँखाको समस्या सामान्यजस्तो भइसकेको छ । आजभोलि साना साना बालबालिकाले पनि चश्मा लगाएको देखिन्छ । आँखा सुख्खा हुने, पावर कम हुने र अल्छे आँखा जस्ता समस्या बढ्दै गएको छ । हरियो सागपात खाएमा आँखाको दृष्टिशक्ति राम्रो हुन्छ भनेको त हामीले सानैदेखि सुन्दै आएका छौं ।
हरियो सागसब्जी सम्पूर्ण स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । हरियो सागसब्जीमा प्रशस्त मात्रामा भिटामिन, आइरन र फाइबर पाइन्छ । यसमा पाइने भिटामिनले आँखाको ज्योति बढाउन र स्वस्थ राख्न मद्दत गर्छ । भिटामिन ए र भिटामिन सीले आँखा बलियो बनाउँछ ।








