वीरगंज,३२ साउन ।
रिटर्नी फेडेरेसन नेपालको पर्सा जिल्लामा बालकृष्ण अर्यालको अध्यक्षतामा ३१सदस्यतीय कार्यसमिति गठन गरिएको छ । बुधबार वीरगंज स्थित पार्टी कार्यालयमा भएको प्रथम अधिवेशनले सो कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षहरुमा मोहन बहादुर मगर,रबिन्द्र राउत कुर्मी सचिव सन्तोष कुमार पासवान,सह सचिव संजय चौहान,कोषाध्यक्ष शान्ति बस्नेत रहेका छन् ।
रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय सचिव तथा मधेस प्रदेश ईन्चार्ज खेम कार्की को प्रमुख आथित्यमामा भएको कार्यक्रमकारु बिशेष अतिथिमा नेकपा एमालेका केन्द्रीय सदस्य माननीय प्रभुरु हजारा रहेका थिए ।
कार्यक्रमका अथितिहरुमा नेकपा एमाले मधेस प्रदेश सदस्य तथा फेडेरेसन ईन्चार्ज सुन्दर बिक,नेकपा एमालेका पर्सा संयोजक विश्वम्भर शर्मा, जिल्ला कमिटी सदस्य लाल बहादुर श्रेष्ठ,पकाहा मैनपुर पालिका अध्यक्ष साह, एमाले नेता बिरेन्द्र यादव, आरएफएन जितपुर सिमाना उपमहानगरपालिका अध्यक्ष पुष्प चौलागाई लगायतका रहेका थिए। नव गठित कार्यसमितिलाई प्रमुख अतिथि कार्कीले पद तथा गोपनीयताको सपथ खुवाउनु भएको छ ।रिटर्नी फेडेरेसन नेपालको स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश सह इन्चार्ज रुद्र खतिवडाको अध्यक्षतामा भएको कार्यक्रमकोरु संचालन मधेस प्रदेशका अध्यक्ष दिपक श्रेष्ठले गर्नु भएको थियो ।