रौतहट,२६ कार्तिक । मा प्रहरीले १० बोरा पटाका नष्ट गरेको छ । भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा बरामद गरिएको पटाका नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्लाका विभिन्न स्थानबाट जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको टोलीले अवैध रुपमा चोरी पैठारी गरेर ल्याएको पटाका बरामद गरेको थियो । सो पटाका स्थानियहरु र संचारकर्मीको रोहबरमा नष्ट गरिएको हो ।