रौतहट,२७ कार्तिक । रौतहटको चन्द्रनिगाहपुरमा कला संस्कृति जगेर्ना अभियान अन्तर्गत देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । स्वतन्त्र युवा नागरिक समूह चन्द्रनिगाहपुरको आयोजनामा भएको देउसी भैलो कर्यक्रममा रौतहट क्षेत्रनं ४ का संघिय संसद देवीप्रसाद तिमल्सिना लगाएत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा रहेको थियो । नेपाली मौलिक कला संस्कृति हराउदै जान थालेका कारण यसको जगेर्नाका लागि हरेक बर्ष चन्द्रनिगाहपुरमा यस्तो कार्यक्रम हुँदै आएको आयोजक स्वतन्त्र युवा नागरिक समाजका अध्यक्ष महारत्न बिष्टले जानकारी दिए ।कार्यक्रममा चन्द्रनिगाहपुरका युवा ,बृद्ध,समाजसेवी लगाएको उल्लेख्य सहभागीता रहेको थियो ।