रौतहट,२७ कार्तिक । समान्य बिवादमा तीन जनाको समुहले गरेको चक्कु प्रहारबाट घाइते भएका रौतहटका एकजना युवकको मृत्यु भएको छ । गत शनिवार चक्कु प्रहारबाट घाइते भएका रौतहटको राजदेवी नगरपालिका ६ का २० वर्षीय युवक राहुल साहको उपचारको क्रममा मृत्यु भएको स्थानीय बासिन्दाले बताए ।
गत विहीवार दिउँसो सामान्य विवादमा तिन जनाको समूहले साहमाथि चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट घाइते भएका साहको वीरगञ्जस्थित एलपी न्यूरो अस्पतालमा उपचार भइरहेको थियो। उनको आज बिहान उपचारको क्रममा निधन भएको अस्पताल प्रशासनले जनाएको छ ।
चक्कु प्रहार गर्नेमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चक्कु प्रहार गर्नेमध्ये अन्यको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले ।