अशोक पहाडी
रौतहट,३ मंसिर । चन्द्रपुर वडानं १ मा रहेको गोल्मा राजाको भग्नावशेस दरवार उत्खनन गर्नु पर्ने स्थानीय बासिन्दाले बताएका छन् । पाँच सय बर्ष पुरानो सो दरवारमा रहेका ईट्टा स्थानीय बासिन्दाले लगि सकेका छन् ।
चन्द्रपुर नगरपालिका वडानं १ स्थित गैरीगाँउबाट करिव २० मिनेटको उकाले चढेपछि गोल्मा राजाको दरवार रहेको स्थानमा पुगिन्छ । एजना बौद्ध भिच्छुले सो स्थानको परिचान गरेर गोल्मराजा बुद्ध बिहार निर्माणको अभियान थालेपछि सो स्थान परिचत बन्दै जान थालेको छ ।
दरवार रहेको स्थानबाट स्थानीयले पुराना पैसा ,जाँतो ,तरवार लगाएतका समान फेला परेर राखेको चन्द्रपुर वडानं १ का पुर्व वडाअध्यक्ष बिरु रानाले बताए । गोल्मा राजाको दरवार उत्खनन गरेर सो स्थानको बिषयमा पुरातत्व बिभागलाई जानकारी गराउने सो दरवार कति पुरानो हो भन्ने बिषयमा खोजबिन गर्न आफुहरु लागि परेको पुर्व वडाअध्यक्ष रानाले बताए ।
दरवार रहेको तल्लो भाग टुडिखेलमा अहिले गोल्मराजा बुद्ध बिहार निर्माणको काम अगाडि बढेको छ । थाईल्याण्डका राजाको सहयोगमा सो स्थानमा २ करोड लागतमा बनेको साँडे ९ फिटको बुद्ध मुर्ति स्थापना गरिने भएपछि अहिले सो स्थानमा सर्वसाधारणको चहल पहल बढन थालेको छ ।
बौद्ध भिच्छु मेधमकर स्तवीर भन्तेको सक्रियतामा सो स्थानमा बौद्ध ध्यान केन्द्र समेत निर्माणको काँम थालनि भएको स्थानीय बासिन्दा गोपाल घिमिरेले जानकारी दिएकाछन् ।
सो स्थानाबाट रौतहट र सर्लाहीको हराबरा फाँट देख्न सकिन्छ ।
गोल्मराजा बुद्ध बिहार निर्माण भईरहेको स्थानमा भिउ टावर निर्माण गरिएमा बिहारको सितामाढी सम्मको सहर सहजै अवलोकन गर्न सकिने अर्का स्थानीय बासिन्दा समीरबाबु कार्कीको भनाइ रहेको छ ।
बौद्ध भिच्छु मेधमकर स्तवीर भन्तेले सो स्थानमा बाईसी ,चौबिसी राज्य रहेको तत्तकालिन समयमा गोल्मा नामका सेन बंशिय राजाको दरवार रहेको बताउदै सो स्थानलाई धार्मिक पर्यटकिय स्थल बनाउन आफु लागि परेको बताए ।
थाई राजाको सहयोगमा आएको बुद्धको मुर्ती हाल काठमाण्डौ स्थित एयरपोर्टमा रहेको र सो मुर्ति यही मंसिर १० गते गोल्मराजा बुद्ध बिहारमा स्थापना गरिने कार्यक्रम रहेको छ ।
सो स्थानमा रहेको वन जंगल संरक्षण गर्दै जंगलमै ध्यान केन्द्र बनाउका लागि बौद्ध भिच्छु मेधमकर स्तवीर भन्ते लागि पारेकाछन् ।
गोल्मराजा बुद्ध बिहारको काम स्थानीय बासिन्दाको सहयोगमा अगाडि बढे पछि गोल्म राजाको दरवारको बिषयमा स्थानीयले समेत चासो दिन थालेकाछन् ।
अहिले सो स्थानमा स्थानीय सहित बाहिरी जिल्लाका मान्छेले समेत चासोका साथ हेर्दै सो स्थानमा पुग्ने गरेकाछन् ।
दरवारको तल्लो भाग टुडिखेलमा गोल्मराजा बुद्ध बिहारको काम तिब्रगतिमा अगाडि बढेको छ ,भने दरवार भएको स्थानलाई संरक्षण गर्नुपर्ने माग समेत उठदै आएको छ ।, दरवार रहेको स्थानमा पुराना ईट्ट ,काटिएका ढुंगा यत्रतत्र छरिएर रहेका छन् । सो स्थानलाई जिर्णोद्धार गरेर पर्यटकिय स्थाल बनाउनका लागि चन्द्रपुर नगरपालिका लागि परेको नगरप्रमुख संजय कुमार काफ्लेले बताए ।
रौतहट क्षेत्रनं ४ का संघिय संसद देव प्रसाद तिमलसिनाले गोल्मराजाको दरवारका बिषयमा आफुले पुरातत्व बिभाग संग कुरा गरेर यसको संरक्षण गर्दै पर्यटकिय स्थल निर्माणका लागि आफुले पहल थाल्ने बताए ।