चन्द्रपुर,१५ पुस ।
डिभिजन वन कार्यालय रौतहटमा कार्यालय प्रमुखदेखि तल्लो तहका कर्मचारीसम्म स्थानीय रहेका कारण वनमा व्यापक हानि नोक्सानी भएको बुझाइ रहेको छ ।
डिभिजन वन कार्यालय रौतहटमा यतिबेला स्थानीय कर्मचारीकै हालीमुहाली रहेको छ। अधिकांश वन कर्मचारी यतिबेला रौतहट जिल्लाकै रहेका छन्। पछिल्लो समय डिभिजन वन कार्यालय रौतहटमा कार्यालय प्रमुखसमेत रौतहटकै रहेका छन् । लामो समयदेखि डिभिजन वन कार्यालय रौतहटमा कार्यरत रहेका रौतहट जिल्ला घर भएका कर्मचारीकै कारण जिल्लाको वन यतिबेला विनाश हुँदै गएको जानकारहरूको बुझाइ रहेको छ ।
लामो समयदेखि डिभिजन वन कार्यालय रौतटमा कार्यरत रहेका स्थानीय कर्मचारीहरूको काठचोर तथा तस्करसँग साठगाठ रहेका कारण रौतहटको वनमा व्यापक रुपमा हानि नोक्सानी बढेको सर्वसाधारणको बुझाइ रहेको छ । रौतहट जिल्लाभर घर भएका वन कर्मचारीहरूको अन्यत्र सरुवा भएपनि उनीहरूले राजनैतिक पहुँचका आधारमा पूर्ण रौतहटमै फर्कने क्रम बढ्दो रहेको छ ।
वर्षौंदेखि डिभिजन वन कार्यालय रौतहटमै कार्यरत रहेका कर्मचारीहरूको कारण जिल्लाको वनमा हानि नोक्सानी पुग्दै गएको स्थानीयहरूले बताएका छन् । स्थानीय वन कर्मचारीहरूको जिल्ला बाहिर सरुवा भएपनि उनीहरू तुरुन्तै पुन रौतहट जिल्ला फर्केर आउने क्रम बढ्दो रहेको छ । डिभिजन वन कार्यालय रौतहटमा २०० बढी कर्मचारी कार्यरत रहेको भएपनि अधिकांश रौतहट जिल्लाकै हुन् । रौतहटको वन दिन प्रतिदिन मासिँदै जान थालेको छ ।
वन कर्मचारीहरूले रौतहटको वन संरक्षण गर्न नसकेको अवस्था रहेको चन्द्रनिगापुरका स्थानीय बासिन्दा सुरेन्द्र सापकोटाको भनाइ रहेको छ ।
रौतहट जिल्ला नै यो घर भएका वन कर्मचारीहरूले वन जोगाउने तर्फ खासै चासो दिएको आफूले नदेखेको सापकोटाको भनाइ रहेको छ । २०८० पुस १५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।








