चन्द्रपुर,७ जेठ । किसानलाई खेती किसानी गर्न सहज हुने उद्देश्यले चन्द्रपुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सहदेव केसीले डिप बोरिङ सञ्चालनमा ल्याएको छ । तराई मधेस समृद्ध कार्यक्रम अन्तर्गत सो डीप बोरिङ चन्द्रपुर ६ बेल्डीमा सञ्चालन गरेको हो ।
बेल्डीमा डिप बोरिङ सञ्चालनमा आएसँगै कृषकलाई राहत मिलेको छ । सिँचाइ अभावमा चाहे जतिको उत्पादन लिन नसकिरहेको अवस्थामा सिँचाइ गर्न डिप बोरिङ सञ्चालन भएपछि स्थानीय खुसीको भएका छन् । पहिले सिँचाइका लागि नहर र आकासे पानीको भर पर्नुपर्ने यस क्षेत्रका किसानहरूलाई अहिले सिँचाइको सुविधा आफ्नै हातमा पुगेका छन् ।
पानी अभावकै कारण जमिन बाँझो राख्नुपर्ने तथा कम उत्पादन हुने समस्या अब हराएर जाने वडाअध्यक्ष केसीको भनाइ रहेको छ । वडाअध्यक्ष केसीका अनुसार तराई मधेस समृद्ध कार्यक्रम अन्तर्गत करिब ५० लाखको लागतमा निर्माण गरिएको सो डिप बोरिङ ४ सय ५१ फिट जमिन मुनिको पाइप गाडिएको हुँदा जति गर्मी भएपनि पानी आउनमा कुनै समस्या नहुने बताए ।
वडाअध्यक्ष केसीले वडाको दुइ स्थानमा फेरी डिप बोरिङको काम चाडै सुरु हुने बताएका छन् । तराई मधेस समृद्ध कार्यक्रम अन्तर्गत नै चन्द्रपुर–६ का शान्तिनगर र मोतियाहीमा पनि चाडै डिप बोरिङ जडान हुने उनको भनाइ रहेको छ । युवा जोशका वडा अध्यक्ष केसी आफ्नो वडाको समग्र विकास गर्न लागिपरेको देखिन्छ । काम गर्न चाहने जनप्रतिनिधिलाई जनताले पनि सहयोग गरि काम गर्न उत्साहित बनाउनु पर्छ । वडा अध्यक्ष केसी किसानको मनोबल बढाउन आगामी योजना धेरै कुरा समेटिएको समेत बताए ।