चन्द्रपुर,२८ जेठ ।
रौतहटको वृन्दावन नगरपालिकामा नदीजन्य वस्तु उत्खननको विषयमा विवाद उत्पन्न भएको छ ।
नेपाली कांग्रेस र नेकपा माओवादीले नदी उत्खनन अवैध भएको भन्दै विरोध जनाउँदै आएका थिए । यसै क्रममा आइतबार रामलाल वृन्दावन साझेदारी वन क्षेत्रको बागमती बगरमा नगरपालिकाको स्काभेटर नदी उत्खननका लागि पुगेको थियो । नगरपालिकाले वैधानिक रूपमा बागमती नदी उत्खननका लागि ठेक्का लगाएको र ठेकेदारले लगेको स्काभेटरमा तोडफोड भएको जनाएको थियो ।
यता केही वडा अध्यक्ष तथा नेपाली कांग्रेसले भने अवैध रूपमा मेयरकै मिलो मतोमा रामलाल वृन्दावन साझेदारी वन क्षेत्रको बागमती बगरबाट नदीजन्य वस्तु उत्खनन भएको भन्दै उनीहरुले जनाएको छ । स्काभेटरमा तोडफोड भए लगत्तै वृन्दावन नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षको बागमती बगरमा रहेको गाई फर्ममा अर्को समूहले आग्जनी गरिदिएको थियो । इलाका प्रहरी कार्यालय गरुडाका एक अधिकृतका अनुसार साँझको समयमा सो घटना भएका कारण के कति क्षति भयो भन्ने विषयमा यकिन विवरण आउन सकेको छैन । नेकपा माओवादीबाट वडा नम्बर ४ को वडा अध्यक्षमा निर्वाचित भएका श्याम नन्दन यादवको गाई फर्ममा आगजनी भएको हो । वडा अध्यक्ष श्याम नन्दन यादव बागमती उत्खननको विरुद्धमा रहेका छन् ।
वडा अध्यक्ष यादवले आफ्नो गाई फर्ममा मेयर बिनोद कुर्मीका मान्छेले आगजनी गरेको आरोप लगाएका छन् । उता मेयर पक्षले भने वडा अध्यक्ष यादव सहितका केही मान्छेहरूले बागमतीमा रहेको स्काभेटरमा तोडफोड गरेको बताएका छन् ।
सो नगरपालिकामा बागमती खोला उत्खननको विषयमा विगत लामो समयदेखि जनप्रतिनिधिहरू बीचमा नै विवाद खडा हुँदै आएको छ । गत साल पनि बागमती खोला उत्खननको विषयमा दुई पक्षबीच विवाद भएको थियो । सो विषयमा बुझ्नका लागि वृन्दावन नगरपालिकाका नगरप्रमुख विनोद कुर्मीसँग सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन । नेकपा यसबाट सो नगरपालिकामा विनोद कुर्मी निर्वाचित भएदेखि नै नदी उत्खननको विषयमा जनप्रतिनिधिहरू बीचमा नै विवाद हुँदै आएको छ । इस्काभेटर तोडफोड भएको स्थानमा अन्य जनप्रतिनिधिहरूले ट्रेक्टर मार्फत नदीजन्य पदार्थ ढुवानी गर्ने सहमति भएको तर मेयरले एकलौटी स्काभेट र रिफरको प्रयोग गरेर नदीजन्य वस्तु उत्खनन गरेको भन्दै उनीहरुले खोलामै पुगेर अवरोध पु¥याएका थिए । एक पक्षले खोलामा गएर स्काभेटरमा तोडफोड गरेपछि अर्को समूहले गएर बागमतीको बगरमा रहेको वडा अध्यक्षको गाई फर्ममा आगजनी गरेको स्थानीय बासिन्दाले बताएका छन् । आगजनीबाट पशुपंक्षीमा क्षति पुगे नपुगेको विषयमा यकिन जानकारी नआएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको