रौतहट,२९ जेठ । रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रामनाथ सहनीले विकास विरोधीहरूले विकास कार्यमा अवरोध गरिरहेको बताएका छन् । सहनीले तराई एक्सप्रेसनसँग कुराकानी गर्दै बागमती खोला उत्खननको विषय न्यु बनाएर विकास कार्यमा नेकपा माओवादी र नेपाली कांग्रेसका केही नेता भनाउँदोहरूले विकासकार्यमा अवरोध पुर्याएको बताए । उनले बागमती खोलामा मापदण्ड अनुसार नै उत्खनन भइरहेको र विभिन्न सरोकारवाला निकायबाट सहमति भएर खोलाबाट नदीजने वस्तु निकासा भएको बताए । बागमतीबाट निस्केको नदीजन्य वस्तु गिटी, बालुवा बलेरीदेखि पौराई जोडिने जङ्गलको बाटोमा ग्रेबल भइरहेको छ । हामी सो खोलाबाट गिटी, बालुवा निकालेर आफ्नै वडामा विकास गरिरहँदा समेत पालिकाका अन्य वडाका वडाध्यक्षदेखि लिएर नेता कार्यकर्ताहरूले विरोध गर्नु निकै दुःखदायी कुरा रहेको उनले बताए । यसरी निर्वाचित जनप्रतिनिधिलाई विकास गर्नबाट वञ्चित बनाएर माओवादी तथा कांग्रेसका केही नेता कार्यकर्ताहरूले आफूहरूलाई फेलियर बनाउने योजनामा लागि परेको उनको भनाइ रहेको छ। वडाअध्यक्ष सहनीले भने,”आफूलाई पनि कांग्रेस तथा माओवादीका कार्यकर्ताहरूले धम्काउने गरेको छ”। वडाध्यक्ष सहनीका अनुसार आइतबार कांग्रेस तथा माओवादीका कार्यकर्ताहरू गएर बागमती खोलामा यसकाभेटरमा ठूलो मात्रामा क्षति पुर्याएको छ। पाँच थान ट्र्याक्टर पाँचजना ट्याक्टर चालकलाई कुटपिड र स्काभेटहरूमा ठूलो क्षति पुगाएको वडाध्यक्ष सहनीले बताए । यसरी अरुको वडामा विकास भइरहँदा अन्य वडाका वडाध्यक्षहरूले हस्तक्षेप गर्नु गलत रहेको आम सर्वसाधारणको भनाइ रहेको छ।