रौतहटको मध्य भागमा रहेको गरुडा नगरपालिकाले आज आफ्नो भवन शिलान्यास गरेको छ । नगर प्रमुख कन्थमणी कलवारले आज एक समारोहबीच भवनको शिलान्यास गरेका हुन । तीन करोड ३३ लाखको लागतमा बन्न लागेको भवनको निर्माणकार्य एक बर्षमा बनिसक्ने मेयर कलवारले जानकारी दिए ।

भवन निर्माण शिलान्यास समारोहमा विभिन्न राजनीतिक दलका नेता उप मेयर ,वडा अध्यक्षहरुको सहभागीता रहेको थियो ।