कलैया,३२ जेठ । जिल्लाको आदर्श कोतवाल नगरपालिका वडा नँ ३मा अज्ञात समूहद्वारा गोली प्रहार गरि क्याम्पस प्रमुखको हत्या गरेको छ । शुक्रबार गोली प्रहारबाट रामराजा बहुमुखी क्याम्पस कलैयाका प्रमुख आदर्श कोतवाल वडा नम्बर २ खजुरिया टोल बस्ने हरी भूषण कुशवाहाको मृत्यु भएको हो । गोली लागि बयोधा अस्पताल बीरगंजमा गम्भीर अवस्थामा उपचारका क्रममा उनको केहिबेर अघि मृत्यु भएको प्रहरिले जनाएको छ । अनुसन्धान जारी रहेकाले बिस्तृत विवरण आउन बाँकी रहेको बारा प्रहरी प्रवक्ता डिएस्पी दधिराम न्यौपानेले बताए ।