गौर,४ असार ।
रौतहट जिल्लाको गौर भन्सारको पूर्व पट्टी रहेको सिमा क्षेत्रबाट दिनहुँलाखौं रुपैयाको कास्मेटिक लगायतका सामग्री तस्करी भई रहँदापनि सुरक्षानिकायले सुईको पाएका छैनन् । सदरमुकामगौरको भारतियसिमा संगै जोडिएका सहायक बाटो प्रयोग गरि तस्करहरुले नेपाल बाट भारत तर्फ विभिन्ननक्कलीकास्मेटिक समाग्रीलगायत हार्डवेयर, चुरोट, लाईटर लगायतकाविदेशीउत्पादनखुलेयाम तस्करी गर्ने गरेका छन् । खुल्ला सीमामाजहाँ सुकै बाटभारतबाट नेपाल छिर्न सक्ने सहायक बाटोको कारण नेपालीतथाभारतीय तस्करहरु गौरमामौलाउदै गएकाहुन । तस्करहरुले दैनिकलाखौका सामानभारत बाट नेपाल र नेपालमापाईने सामानभारतप्रवेश गराउँदा समेत सुरक्षानिकायमौन जस्तै बन्ने गरेको छ । बेलाबेला तस्करहरुले सुरक्षाकर्मीलाई सेटिङ मिलाएर अवैध मालसामाग्रीभित्राउने गरेका समाचार बाहिर आएपनि सुरक्षानिकायमौन जस्तै बन्ने गरेको छ ।गौर भन्सारको पूर्व तर्फबाट शसस्त्र प्रहरीको चेक पोष्ट नजिक नै रहेको सहायकमार्ग बाट दिउसै कास्मेटिक सामग्रीकानामुद तस्कर राजेस पासवान र गगन देव दासले तस्करी गरी लाखौं रुपैयाको मालसामानभारत तर्फ तस्करी गरी राख्दापनि नेपालप्रहरी र सशस्त्रप्रहरीले समात्ननसकिनु शंकास्पद रहेको स्थानियहरु बताउँछन् । वषौं देखि कास्मेटिक सामग्रीको तस्करी कार्यमा संग्लन नामुद तस्कर राजेश पासवानदिनको दुई तिन खेप गरी दैनिक ३ लाखभन्दा बढिको सामग्री तस्करी गर्ने गरेको छ भने पासवानले आफु सुरक्षानिकायलाई मिलाएरै कारोबार गर्ने गरेको दाबीगर्ने गरेका छन् ।