रौतहट ४ असार ।
हिन्दु तथामुस्लिमहरुको विभिन्नपर्वमा स्थानिय सरकारले महिलाहरुलाई साडि वितरण गर्ने रौतहटमा होडबाजी नै रहेको छ । साडि वितरणको पछाडी स्थानिय सरकारका प्रमुख र प्रमुखप्रशासकियअधिकृतहरुको व्यक्तिगत स्वार्थका कारण पनि यो चलनमौलाएको छ । रौतहट जिल्लामा रहेका अधिकांस स्थानियतहले हिन्दु र मुस्लिमहरुको विभिन्नपर्वको नाममालाखौं लाखमुल्यको साडि वितरण गरी आफुलाई विकास पुरुषहो भन्ने छाप छाड्न साडि वितरण गर्ने गरेका र पछि सोहि साडिमा व्यापक भ्रष्टाचार गर्ने गरेका छन् । यहाँकाअधिकांस स्थानियतहले गौरमा रहेको चुकि ईन्टरप्राईजेज, ओम साई जनरल एण्ड अर्डर सप्लायर्स, अमान टे«डर्स बाट २५ लाखभन्दामाथी एक एक स्थानियतहले साडि खरिद गरेको महालेखा परिक्षणको रिपोर्ट मा देखिएको छ । माथीउल्लेखितफर्महरुले स्थानियतहलाई बिक्री गरेको साडिको संख्यालाई हेर्ने हो भने विक्रेताले आयात गरेको संख्याको दोबर भन्दामाथी रहेको गौर भन्सारको तथ्यांकबाट प्रष्ट हुन सकिन्छ । सदरमुकामगौर लगायतकाबजारमा रहेका यीफर्महरुले अधिकांस साडि भारत बाट खरिद गर्ने गरेका छन् जुनविभिन्नसिमावर्ती नाकाहरुबाट भन्सार छली गरेर यीव्यापारीक प्रतिष्ठान सम्मआई पुगेका हुन्छन् । यसरी भारतबाट भन्सार छलेर नेपालभित्रीयाईएका ४ देखि ६ सय सम्ममुल्यकाभारतिय साडिलाई चुकि ईन्टरप्राईजेज, ओम साई जनरल एण्ड अर्डर सप्लायर्स, अमान टे«डर्सले १४ सय देखि २ हजार सम्मको बिलबनाई स्थानियतहकाजनप्रतिनिधिहरु संग मिलेर व्यापक भ्रष्टाचार गरेका प्रष्ट देख्न सकिन्छ । स्थानियतहले खरिद गरिएको साडिका यीव्यापारी प्रतिष्ठानहरु फेरी बजारमाखोज्दाकतै नभेटिने किसिमले समेत रहेको बुझिएको छ । कुनै कुनै स्थानियतहले खरिद गरेको साडिको संख्यालाई विस्तृत रुपमा अनुसंधानगर्ने हो भने सो पालिकामा रहेको महिला संख्याभन्दाअधिक रहेको समेत भेटिएको छ जुन बाट यो प्रष्ट हुन्छ कि सो स्थानियतहले कम साडि खरिद गरी बढि साडिको बिलबनाउनलगाई महिलाको साडि मै भ्रष्टाचार गरेका छन् । यस सम्बन्धमाअख्तियार दुरुपयोग अनुसंधानआयोगकाप्रवक्ता नरहरी घिमिरेले आफुहरु सो विषयमा छानबिन गरी दोषि भेटिए कारवाहिगर्ने प्रतिबद्धता जनाएका छन् ।