अशोक कुमार
रौतहट, ४ असार । रौतहटको राष्ट्रिय वनमा बहुमूल्य मानिएका खयर जातका काठ चोरी तस्करी बढेपछि डिभिजन वन कार्यालय रौतहटले सक्रियता बढाएको छ ।
डिभिजन वन कार्यालय रौतहटले अवैध रुपमा जंगलबाट खयरको काठ काटेर डमरु बनाउँदै गरेको अवस्थामा डमरु र खयरको काठ बरामद गरेको हो । गैंडाटार सवडिभिजन वन कार्यालय अन्तर्गतको वन क्षेत्रबाट अवैध रुपमा डमरु बनाउँदै गरेको अवस्थामा २० थान डमरु, खयरको गोलिया ५ थान र डमरु बनाउने मेशिन बरामद गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र मिश्रले जानकारी दिएका छन ।
गैडाटार सव डिभिजन वन कार्यालयका रेन्जर विकास लामिछाने ,सहायक वन अधिकृत नवनित कुमार मिश्र,मधुकान्त सिंह र सशस्त्र वन रक्षकको टोलिले बहुमुल्य जातको खयरको रुख काटेर डमरु बनाउँदै गरेको अवस्थामा तयारी डमरु,खयरको गोलिया ,डमरु बनाउने मेशिन बरामद गरेको हो । वन गस्ती टोलिलाई देख्ना साथ डमरु बनाउने काममा संलग्नहरु भने फरार भएको कार्यालय प्रमुख मिश्रले जानकारी दिए ।
पछिल्लो समय चुरेफेदीमा पर्ने गैँडाटार, जुडिबेला सब–डिभिजन वन कार्यालयअन्तर्गतका वनबाट तस्कर समूहले खयरको रुख काटेर तस्करी गरिरहेको स्थानीयहरु बताउँछन् ।