रौतहट,२३ असार । रौतहटको कटरिया नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारी गरेको छ । सो नगरपालिकाका मेयर अजय प्रकाश भ्रष्टाचार आरोपमा निलम्बनमा परेकै बेला हिजो अख्तियारको टोलीले कटरिया नगरपालिकामा छापामारी गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिजो जिल्लाको कटहरिया नगरपालिकामा आएर सामाजिक सुरक्षा भत्ता,बाल पोषण ,आमा सुरक्षा ,न्यानो झोला,पोषण ,कुपोषण ,स्वास्थ्यमा नियुक्ति लगाएतको फाईल लगेको छ ।