गौर,२४ असार ।
यातायात कार्यालय रौतहटका प्रमुख अमरेन्द्र दास सवारी चालक अनुमती पत्र वितरणमा अनियमित तरीका बाट करोडौं रुपैया अनियमितता गरेका छन् । यातायात व्यवस्था कार्यालय गौरको सेटिङ्गमा सवारी चालक अनुमतीपत्र (ड्राइभिङ्ग लाईसेन्स) खरिद विक्रि हुने गरेको पाइएको छ । यातायात कार्यालय रौतहटमा दजनौं बिचौलिया खडा गरी दासले चालक अनुमति पत्र वितरण गर्ने गरेको रहस्य बाहिरीएको हो । प्रमुख दासले सवारी अनुमति पत्रका लागी हुने लिखित परिक्षामा अनुतिर्ण हुने लाईको नयाँ उत्तरपुस्तिका खडा गरी उत्तिर्ण बनाउन कार्यालयमै केहि बिचौलिया समेत राखेका छन् । कर्मचारीहरुले विचौलीया मार्फत मोटरसाइकलको ड्राइभिङ लाइसेन्सका लागी १५ हजार र चार चक्काको लाइसेन्स लिन ३० देखि ३५ अजार सम्म घुस दिएपछि मात्र लिखित र ट्रायलमा पास हुने गरेको पाईएको हो । कार्यालय प्रमुख दासले परिचालन गरेका बिचौलिया लाई घुस नबुझाए जतिपटक परीक्षा र ट्रायलमा सहभागी भएपनि पास नहुने तर घुस वापत रकम बुझाएपछि सजिलै लाईसेन्स हात लाग्ने सेवाग्राहीहरु बताउछन् । स्थानिय एक युवकले लिखित पास गरेर तीन पटक मोटरसाईकलको लाईसेन्सका लगी ट्रायल दिए तर उनी एक पटक पनि पास हुन सकेन । उनीसँगै गएकाहरुले १५ हजार तिरेर लिखित र ट्रायल दुवै पास गरे । यहाँ जुन सुकै गाडीको लाईसेन्स लिन घुस रकम विचौलिया मार्फत बुझाए सजिलै लाईसेन्स पाईने ती युवकले बताए । उनले भने, ‘म विगत १० वर्षदेखि मोटरसाइकल चलाई रहेको छु, लिखित पहिलो पटकमै पासगरें । तर, तीन पटक ट्रायल दिँंदा पनि पास हुन सकिएन् । घुस नदिई लाईसेन्स लिउँ भनेको मुस्किल रहेछ।’ ‘घुस नदिई काम गराउँछु भन्ने लागेर खुरुखुरु ट्रायल दिएँ । पासै हुन सकिएन । अव त्यसै एक वर्ष पछाडी परियो ।’ उलने थपे, ‘अर्को पटक घुस दिएरै भएपनि पास गर्नुपर्ने अवस्था आयो ।’ गौर २ का श्याम पासवान (परीवर्तीत नाम) पाँच वर्ष देखि भाडाको गाडि चलाउँछन् । तर, उनीसँग ड्राईभिङ लाइसेन्स थिएन । उनी लेखपड समेत जान्दैन तर, उनले २० हजार रुपैयाँ तिरेर लाईसेन्स लिए । उनले भने, ‘म गाडि चलाउन जान्दछु, लेखपढ गर्न जान्दिन । पैसा नदिई लाईसेन्स पाइँदैन भन्ने सवै साथीले सुनाएपछि मैले पनि यातायात कार्यालय वाहिरै विचौलीया संग अवैध रकम बुभाएर लाईसेन्स लिएँ ।’
ट्याक्टर, म्याजिक र ईरिक्सा चालकमात्र हैन यहाँबाट लाईसेन्स लिने धेरैले रकम तिरेर र भनसुनको भरमा मात्र लाईसेन्स पाउने गरेको एक विचौलियाले बताए । ति बिचौलियाले भने, ‘रकम नबुझाए सम्म लाईसेन्स नै पाइँदैन, हामीहरुलाई पनि थोरै आम्दानी हुन्छ र त्यहि अनुसार सेटिङ्गमा काम हुने हो ।’
बिचौलियका अनुसार कुनै समय सम्बन्धित निकायले समातेको खण्डमा हाकिम साबले आफुले मन्त्रालय देखि अख्तियार सम्म पैसा बुझाउने गरेकोले सो सबै रिक्स आफु बोक्ने र मिलाउने आश्वस्त पारेको बताए ।
यातायातले लाईसेन्स वापत अवैध रुपमा उठाईएको रकम कार्यालय प्रमुख दास , यातायातका केही कर्मचारी र ट्राफिक प्रहरीहरुको मिलोमतोमा लाईसेन्सको लिखित सकिएर ट्राईल सकिने दिन नै वाडफाड गर्ने गरेको एक कर्मचारीले बताए ।