चन्द्रपुर,६ साउन । इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जति नै नियन्त्रण गर्न खोजेको भएपनि चन्द्रनिगापुर क्षेत्रमा यौन व्यवसाय नियन्त्रणमा आउन सकेको छैन ।
खाजा पसलको आवारणमा चन्द्रनिगापुर नगर क्षेत्रमा खुलेआम रुपमा पछिल्लो समय यौनधन्दा हुने गरेको छ । पर्सा, बारा, सिराहा ,सप्तरी,सर्लाही लगायतका स्थानबाट आएर चन्द्रनिगापुरमा डेरा गरी बस्ने महिलालाई खाजा पसल सञ्चालकहरूले यौन व्यवसाय गराउने गरेका छन् ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले केही समय पहिला यहाँ रहेका ठूला होटलहरूमा यौनधन्धा गर्ने गरेको भन्दै दैनिक रुपमा छापामारी गर्न थालेपछि यौन व्यवसाय गर्ने महिलाहरू पछिल्लो समय साना खाजा पसलतिर जान थालेको पाइएको छ ।
खाजा होटल सञ्चालकहरूले आफ्नो कोठा भाडा र खाट प्रयोग गरेबापत रु ५०० लिने गरेको र यौन व्यवसायी महिलाहरुले २०० देखि ३०० लिने गरेको पाइन्छ । पछिल्लो समय जुडिबेला जाने टेम्पु पार्क पछाडिको गल्ली एवं व्यवसायी महिलाहरूको अखडाको रुपमा परिचित हुँदै आएको छ । जोडीबेला ट्याम्पु पार्क पछाडिको किरण फोटो स्टुडियो छेउको गलीमा मोल मलाई हुने गरेको र मोल मलाई पश्चात छेउछाउमा रहेका गेस्ट हाउसमा छिरेर यौन धन्दा गर्ने गरेको पाइएको छ । सो गल्लीमा कयौँ पटक यौन व्यवसायी महिलाहरूबीच कुटाकुट हुने गरेका कारण सो भेगका सर्वसाधारण समेत आजित बनेका छन । एउटाले ग्राहकसँग महँगो रेट भन्ने र अर्की महिला आएर सोही ग्राहकलाई सस्तो रेटमा लिएर जान थालेपछि सो गल्लीमा यौन व्यवसायी महिलाहरू बीच कुटाकुट हुने गरेको छ ।
रेड लाइट एरियाका नामले परिचित हुन थालेको सो गल्ली छेउछाउका स्थानीय बासिन्दाले यौन व्यवसायी महिलाहरूको गतिविधि बन्द गर्नका लागि पटकपटक प्रहरीलाई खबर गर्दै आएका छन् । साँझको समयमा सो गल्लीमा मोलमोलाई गर्ने ग्राहक र यौन व्यवसायी महिलाहरूको लीला हेर्नेको भिडसमेत लाग्ने गरेको छ ।
बढ्दो सहरीकरण सँगै चन्द्रपुर नगर क्षेत्रमा यौन व्यवसायले समेत ठूलो स्थान पाउँदै आएको छ । प्रहरीले होटलमा छापामारी गरेपछि होटल सञ्चालकहरूले होटलको नाम परिवर्तन गर्दै खाजा पसल नाम राख्दै अन्य धन्दा गर्दै आएका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगापुर अगाडि रहेको यौन व्यवसाय गर्दै आएको होटल ह्रप्पील्याण्डमा प्रहरीले पटकपटक छापामारी गरेपछि पछिल्लो समय आएर सो होटल नै बन्द भएको छ ।
केही समय पहिला होराइजन होटलका नामले सञ्चालनमा रहेको सो होटल पछिल्लो समय नाम परिवर्तन गर्दै महिलाहरू जम्मा पारेर यौन व्यवसाय सञ्चालन गर्दै आएको छ । प्रहरीले पटकपटक छापा मार्न थालेपछि होराइजन होटल को नाम चेन्ज गरेर वयलकम नाम राखी सो होटलमा खुलेआम रुपमा यौनधन्दा हुने गरेको छेउछाउका स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।