रौतहट,१७ मंसिर । रौतहटको गढीमाई नगरपालिका–८ मा भएको वडाध्यक्षको उपनिर्वाचनमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार बजरंगी प्रसाद यादव विजयी भएका छन् ।
यादवले ६५५ मत प्राप्त गर्दै २४ मतको अन्तरले जित हात पारेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की उम्मेदवार जीउती देवी यादवले ६३१ मत ल्याइन
नेपाली कांग्रेसका उम्मेदवार सुवोध कुमार यादवले ६१७ मत प्राप्त गरेका छन् भने जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार सन्देश प्रसाद यादवले २५८ मत ल्याएका छन् ।