रौतहट ५ पुस ।जिल्लाको चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानमा जङ्गली हात्तीले दुःख दिन थालेको छ।
गए राती चन्द्रपुर नगरपालिका वडा नम्बर २ जुडी बेलामा जङ्गली हात्तीले घर भत्काइदिएको छ। रातिको समयमा आएको जङ्गली हात्तीको बथानले स्थानीयको घर भत्काइदिएको स्थानीय बासिन्दा सानो ठोकरले बताएकी छिन् । चन्द्रपुर नगरपालिकाको जङ्गल नजिकका विभिन्न बस्तीहरूमा पछिल्लो समय जङ्गली हात्तीले आतंक मचाउन थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।