चन्द्रपुर,५ पुस ।
चन्द्रनिगाहपुरमा रहेको जनज्योति नमुना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लागू औसत तथा मानसिक स्वास्थ्य सम्बन्धी जानकारी गराइएको छ ।
सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको गरिएको थियो
सो विद्यालयमा अध्ययनरत करिब ३०० विद्यार्थीहरूका लागि सो कार्यक्रम सञ्चालन गरिएको हो । चन्द्रपुर नगरपालिका वडा नम्बर ६ र सङ्कल्प नेपाल चन्द्रपुर ४ को आयोजनामा सो कार्यक्रम सम्पन्न भएको थियो । बुधबार भएको सो कार्यक्रममा सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले रुचिपूर्वक सहभागिता जनाएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश लामिछाने प्रधानाध्यापक देवनारायण हुमगाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक साजन कुमार शर्मा विद्यालयका शिक्षक शिक्षिकाहरू उपस्थिति रहेको थियो ।
पछिल्लो समय विद्यार्थीहरूमा लागूऔषधको कुलत बढ्दै गएका कारण यस्ता सचेतनामूलक कार्यक्रम गर्नुपरेको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सहदेव केसीले जानकारी दिएका छन् । यस्ता कार्यक्रमहरूले विद्यार्थीको सोच विचारमा परिवर्तन आउने भएका कारण आफूहरूले यस्ता कार्यक्रमलाई जोड दिइएको वडा अध्यक्ष केसीको भनाइ रहेको छ ।
सो कार्यक्रममा अन्य सरोकारवालाहरूको समेत उल्लेख्य मात्रामा सहभागिता रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश लामिछानेले जानकारी दिएका छन् ।
चन्द्रपुर नगरपालिकाका अन्य विद्यालयहरूमा समेत लागू औसत तथा मानसिक स्वास्थ्य सम्बन्धी सचेतनात्मक कार्यक्रम सञ्चालन गर्दै लाने आफूहरूको योजना रहेको वडा अध्यक्ष केसीले बताएका छन् ।
लागू औषधलाई जरैबाट निर्मूल गर्नका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने भएका कारण अन्य विद्यालयहरूमा समेत यस्ता कार्यक्रम गर्नुपर्नेमा जनज्योति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक देवनारायण हुमागाईले जोड दिएका थिए ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक साजन शर्माले लागू औसतको सेवनले आम मान्छेको स्वास्थ्यमा पर्ने असर र यसले उत्पन्न गर्ने अपराधिक गतिविधिका विषयमा जानकारी गराएका थिए ।