रौतहट,१६ पुस । अंग्रेजी नयाँ वर्ष मनाउन नुनथराउनका लागि चन्द्रपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बलराम राउतले आग्रह गरेका छन्। अंग्रेजी नयाँ वर्ष २०२५ लाई मध्यनजर गर्दै रौतहटको पर्यटकीय स्थल मुन्थर जाने बाटो सम्याउने काम धमाधम रुपमा भइरहेको छ । बाटो लगायतका पूर्वाधार निर्माणका कामलाई तीव्ररूपमा अगाडि बढाइएको चन्द्रपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष राउतले बताएका छन्। यतिबेला अङ्ग्रेजी नयाँ वर्ष मनाउन नुनथरा आउने सर्वसाधारणका लागि चन्द्रपुर नगरपालिकाले बाटो फैली बनाउने कामलाई तीव्रता दिएको छ।
सर्वसाधारणको सहजताका लागि चन्द्रपुर नगरपालिकाले लुनथर जाने बाटो बनाउने लगायतका कामलाई तीव्र रुपमा अगाडि बढाएको चन्द्रपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बलराम राउतले बचाएका छन्
चन्द्रपुर नगरपालिकाले रौतहटको पर्यटकीय क्षेत्र नुनथर घुम्न आउने सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर पहिलाको भन्दा बाटो चौडा पारिएको र अब आवतजावतमा सहज हुने चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्लेले बताएका छन् ।
चन्द्रपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बलराम राउतले अंग्रेजी नयाँ वर्ष मनाउनका लागि आम सर्वसाधारणलाई चन्द्रपुर नगरपालिका वडा नम्बर १ मा रहेको मधेस प्रदेशकै चर्चित पर्यटकीय स्थल नुनथरमा आउन आग्रह समेत गरेका छन्