रौतहट,६ माघ । भूमि आयोग रौतहटको अध्यक्षमा सरकारले अखिलेश्वर चौधरीलाई मनोनित गरेको छ । मन्त्रिपरिषद्को निर्णयबाट चौधरीलाई भूमि आयोग रौतहटको अध्यक्षमा नियुक्त गरिएको हो । चार वर्षे कार्यकालका लागि चौधरीलाई सरकारले भूमि आयोग रौतहटको अध्यक्षमा नियुक्त गरेको हो । भूमि सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले एक कार्यक्रमका बीच चौधरीलाई आयोगको जिल्ला अध्यक्षको सपथ गराएका थिए । भूमि आयोग रौतहटका अध्यक्ष चौधरीले आफ्नो कार्यकालमा रौतहटमा रहेको सुकुम्बासी समस्या समाधानका लागि काम गर्ने बताएका छन् । उनले रौतहटमा रहेका सबै राजनैतिक दल तथा स्थानीय तहका प्रमुखहरूको समन्वयमा रौतहटमा रहेको सुकुम्बासी समस्यालाई समाधान गर्ने कामलाई आफूले तीव्र रुपमा अगाडि बढाउने जानकारी दिएका छन् ।