सिमरा,३० चैत । प्रथम वडा कप जिल्लास्तरीय कराते प्रतियोगिता आजबाट बाराको सिमरामा सुरु भएको छ ।
जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ को सहयोगमा आजबाट सो प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको एक कार्यक्रमका बीच वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठले उद्घाटन गरेका थिए । वडा अध्यक्ष श्रेष्ठको प्रमुख आतिथ्यतामा सुरु भएको सो कार्यक्रमको विशिष्ट अतिथिमा भूमि आयोग बाराका अध्यक्ष भरतबहादुर घले, नेपाल कराते महासङ्घ मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष अशोक पहाडी, राष्ट्रिय रेफ्री काउन्सिलका सदस्य चित्रबहादुर पुलामी, तेक्वान्डो सङ्ग मधेश प्रदेशका महासचिव राजकुमार लामा, जितपुर सिमरा उद्योग वाणिज्य सङ्घका महासचिव प्रकाश गिरी, लगायतकाको कार्यक्रममा उपस्थिति रहेको थियो। सो कार्यक्रममा नेपाल कराते महासङ्घ सर्लाहीका अध्यक्ष रोशन कर्णको समेत सहभागीता रहेको थियो ।
नेपाल कराते महासन बाराका अध्यक्ष तथा आयोजक डोजोका प्रमुख सानु बाबु कुर्मीको अध्यक्षतामा उद्घाटन क्षत्र सम्पन्न भएको थियो । प्रतियोगिता शनिबार साँझ सम्पन्न हुने आयोजकले जनाएको छ। प्रतियोगितामा बारा जिल्लाका करिब १०० बढी खेलाडीको सहभागिता रहेको छ।