रौतहट,१७ बैशाख । मालपोत कार्यलय चन्द्रनिगाहपुरका कार्यलय प्रमुख भुपेन्द्र राई राजा बन्न खोजेको सेवाग्राहीले गुनासो गरेकाछन । उनले हरेक फाईलमा सेवाग्राही संग घुस माग्ने गरेको एकजना सेवाग्राहीले गुनासो गरेका छन ।
तीन महिना पहिला मालपोत कार्यलय चन्द्रनिगाहपुरमा कार्यलय प्रमुखका रुपमा आएका राईले सो कार्यलयका कर्मचारीलाई समेत रैतीको जस्तो व्याबहार गर्ने गरेको कर्मचारीहरुको गुनासो रहेको छ । घुस्याहा प्रबृत्तिका राईका कारण समस्या श्रृजना भएको एकजना लेखापढी व्याबसायीको गुनासो रहेको छ ।
मालपोत कार्यलय चन्द्रनिगाहपुरका प्रमुख राईले सेवाग्राही संग हरेक फाईलमा रकमको डिल गर्ने गरेको समाचारस्रोतले बताएको छ । उनको प्रबृत्तिका कारण सेवाग्राही देखि लेखापढी व्यासायी समेत समस्यामा परेका छन ।
पछिल्लो समय कार्यलय प्रमुख राईका कारण सेवाग्राही र लेखापढी व्यावसायीले सास्ती खेप्नु परेको गुनासो बढेको छ ।