चन्द्रनिगाहपुर २० वैशाख । रौतहटको रामलाल वृन्दावन साझेदारी वन उपभोक्ता समितिमा अवैध रूपमा काम भइरहेको पाइएको छ । समितिले वन कर्मचारीकै मिलेमतोमा अवैध रूपमा कटानमुछान गरिरहेको जानकारहरूको भनाइ रहेको छ ।
रामलाल वृन्दावन साझेदारी वन उपभोक्ता समूह क्षेत्रमा रहेका ढलापडा रुख कटानका लागि टेन्डर आह्वान भएको भए पनि टेन्डर खारेज गरेर समितिले अमानतमा काम गरेको स्थानीयले बताएका छन् ।
आह्वान गरेको टेन्डर नै रद्द गरेर उपभोक्ता समितिले यसरी अवैध बाटोबाट रुख कटान गरेको जानकारहरूको भनाइ रहेको छ । वन कर्मचारी के मिलोमतोमा छपान नै नभएका रुख समेत रामलाल वृन्दावन साझेदारी वन उपभोक्ता समितिका पदाधिकारीले कटान गरिरहेको स्रोतले बताएको छ । १० लाख भन्दा माथिको काम टेन्डर मार्फत गर्नुपर्नेमा रामलाल वृन्दावन साझेदारी वन उपभोक्ता समिति र सम्बन्धित सब बर्न डिभिजन कार्यालयका कर्मचारीको मिलेमतोमा ३० लाखभन्दा बढीको काम अमानतमा भइरहेको छ ।
टेन्डर आह्वान गरेर आह्वान गरिएको टेन्डर नै खारेज गरी समितिले नै अमानतमा काम गरेर लाखौंको चलखेल गरिरहेको जानकारहरुले तर एक्सप्रेसलाई बचाएका छन् ।
सो साझेदारी वनका अध्यक्ष शंकर यादव र ललन राउत कुर्मी सहायक वन अधिकृतले यसरी अवैध काम गराइरहेको स्थानीयले बताए ।
वन क्षेत्रभित्र जेसीबी प्रयोग गरेर धमाधम काठ काट्ने काम भइरहेको भए पनि सम्बन्धित निकायले नदेखे जस्तो गरेर बसेको छ ।
कटान मुछानको काम एक महिना पहिला नै बन्द भएको भएपनि अहिलेसम्म सो वनभित्र भने अहिलेसम्म धमाधम काठ कटान मुछानको काम भइरहेको छ । कटान मुछानको म्याद सकिएपछि डिभिजन वन कार्यालयले एक हप्ताको मात्र समय थप्ने प्रावधान रहेको भएपनि हाल आएर एक महिनापछि समेत धमाधम काठ कटान भइरहेको छ ।
आह्वान गरिएको टेन्डर नै खारेज गरेर यसरी अमानतमा समितिले आफै धमाधम कटान मुछान गर्नुले पनि त्यसभित्र ठूलो रकमी चलखेल भइरहेको स्थानीय बासिन्दाले बताएका छन् ।
कटान मुछानको टेन्डर आह्वान गरिँदा एक ठेकेदार कम्पनीले ५ लाख कममा काम सकार गर्ने गरी टेन्डर भरेको भए पनि सबै टेन्डर रद्द गरेर समिति आफैले अमानतमा काम गरेको हो ।