रौतहट जिल्ला, चन्द्रपुर नगरपालिका–१ बागमतीका स्थानीय युवा व्यवसायी गौतम खड्काले साना सपना देखेर ठूला सफलतासम्मको यात्रा तय गरेका छन् । निरन्तर परिश्रम, नवप्रवर्तन र दृढ इच्छाशक्तिका कारण उनले आफैलाई जिल्लाकै एक उदाहरणीय युवा उद्यमीको रूपमा स्थापित गर्न सफल भएका छन् ।
गौतम खड्काले आफ्नो व्यवसायिक यात्रा बागमती इन्टरटेनमेन्ट कम्पनीमार्फत सुरु गरे । नयाँ सोच र नयाँ ऊर्जा बोकेका खड्काले पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिने बागमती नदीमा जिल्लामै पहिलोपटक मोटरबोट सेवा सुरु गर्ने साहसिक निर्णय गरे । सुरुवातमा धेरैले शंका गरे, कतिले आलोचना पनि गरे, तर खड्काको आत्मविश्वास र मेहनतले ती सबै प्रश्नको उत्तर व्यवहारमै दिइदियो ।
मोटरबोट सेवा सुरु भएको केही समयमै यसले लोकप्रियता पाउन थाल्यो । नुनथरको बागमती नदीबाट सुरु भएको मोटरबोट सेवा अहिले भरतालसम्म फैलिसकेको छ । यस सेवाले न केवल पर्यटकीय गतिविधिलाई प्रवद्र्धन ग¥यो, तर रोजगारीका अवसर पनि सिर्जना ग¥यो। खड्काको यो प्रयासले स्थानिय युवालाई स्वरोजगार तर्फ आकर्षित गराएको छ, जसले गाउँघरको आर्थिक अवस्था सुधार्न समेत मद्दत गरिरहेको छ ।
मोटरबोट व्यवसायबाट प्राप्त अनुभव र आम्दानीलाई उनले अन्य क्षेत्रमा समेत लगानी गर्दै व्यवसाय विस्तार गरेका छन् । कृषि, साना उद्योग र सहकारी क्षेत्रमा समेत उनले सक्रियता देखाएका छन् । त्यसैले उनी एक सफल उद्यमी मात्र नभई बहुआयामिक व्यक्तित्वका रूपमा परिचित छन् ।
व्यवसायसँगै उनी सामाजिक कार्य र राजनीतिमा पनि सक्रिय छन् । नेकपा माओवादी निकट व्यवसायीहरूको संस्थामा उनी एक कुशल नेता हुन् । उनले युवाहरूलाई व्यवसायमै रम्न प्रेरित गर्ने अभियानमा पनि सक्रियता देखाउँदै आएका छन् । राजनीतिक पहुँच र व्यवसायिक दूरदृष्टि दुबैका कारण उनले धेरै परियोजनाहरूमा सफल कार्यान्वयन गर्न सकेका छन् ।
नेपाल उद्योग व्यापार महासंघको केन्द्रीय सदस्यका रूपमा उनी राष्ट्रिय स्तरमै व्यवसायिक नीतिहरूमा धारणा राख्ने व्यक्तित्व हुन् । त्यसबाहेक, उनी लायन्स क्लब अफ पौरायको अध्यक्षको रूपमा सामाजिक सेवामा समेत अग्रसर छन् । आँखाको जाँच शिविर, रक्तदान कार्यक्रम, विपद् राहत संकलन लगायतका विविध सामाजिक कार्यहरूमा उनको अग्रणी भूमिका रहँदै आएको छ ।
बागमती बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति सदस्यका रूपमा पनि उनले वित्तीय सशक्तिकरणतर्फ महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् । सहकारीमार्फत समुदायलाई वित्तीय पहुँच पु¥याउने उनको अभियान उल्लेखनीय छ ।
गौतम खड्काको सफलताको रहस्य के हो त? उनी आफै भन्छन् – “ईमानदारी, निरन्तर प्रयास र समाजप्रतिको जिम्मेवारी नै मेरो प्रेरणाको स्रोत हो ।” उनले जुनसुकै काम गरे पनि त्यसमा शतप्रतिशत समर्पण दिने बानीले नै उनलाई आजको सफल स्थानमा पु¥याएको छ ।
आज उनी रौतहटर सर्लाहीका युवाहरूका लागि प्रेरणाका स्रोत हुन् । गाउँमै बसेर पनि असाध्यै सम्भावना छ भन्ने प्रमाण उनकै जीवनबाट पाइन्छ । जहाँ धेरै युवा वैदेशिक रोजगारतर्फ लम्किरहेका छन्, त्यहाँ गौतम खड्काले स्थानीय स्रोत साधनको भरपूर उपयोग गर्दै अवसर सिर्जना गरेका छन् ।
गौतम खड्काको यो यात्रा केवल व्यक्तिगत सफलताको कथा मात्र होइन, यो स्थानीय सम्भावनाको पहिचान, सदुपयोग र समुदायसहितको उन्नतिको प्रेरणादायी गाथा हो ।