कार्तिक कृष्ण त्रयोदशीका दिन आज देशभर काग तिहार पर्व मनाइँदैछ। यमराजका दूतका रूपमा कागलाई पूजा आराधना गरी मीठा परिकार खुवाइन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार सूर्योदयमा त्रयोदशी परेकाले आजै शास्त्रसम्मत रूपमा यो पर्व मनाउनुपर्ने निर्णय गरिएको हो।

‘काकेन दधि भक्षितम्’ भनिएझैं कागलाई दही–भात खुवाउने परम्परा छ। कागेश्वरी मनोहरा र हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजा हुँदैछ। शनिबार साँझदेखि सुरु भएको यम दीपदानले यमयातनाबाट मुक्ति मिल्ने विश्वास छ। सोही दिन धनतेरस पर्व पनि मनाइएको थियो।