रौतहट,४ माघ ।आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई १२३ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २० ओभरमा अलआउट हुँदै १२२ रनमै सीमित भयो।
नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रनको योगदान दिइन्। सम्झना खड्काले आक्रामक ब्याटिङ गर्दै ११ बलमा २६ रन बनाइन् भने कप्तान रुबिना क्षेत्रीले दुई छक्का र एक चौकाको मद्दतमा १० बलमा १७ रन जोडिन्।
थाइल्यान्डका बलरहरू प्रभावशाली देखिए। थिपात्चा पुथावङवले ४ ओभरमा मात्र १५ रन खर्चेर ४ विकेट लिइन्। ओनिचा काम्चोम्फुले २ विकेट लिँदा सुनिदा चतारंगरतना, सुलिपर्न लाओमी र चनिदा सुथिराङले समान १–१ विकेट हात पारिन्।
नेपालका बलरहरूले अब यो मध्यम लक्ष्य जोगाउँदै जित निकाल्ने चुनौती सामना गर्नेछन्।