सर्लाही, २२ फागुन । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा जारी मतगणनाको पहिलो अपडेटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले अग्रता लिएका छन्।
बिहान ४:०० बजेसम्मको मतगणना परिणामअनुसार अमरेश कुमार सिंहले २ हजार ८ सय ४७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गगन थापाले १ हजार ७ सय १४ मत ल्याएका छन्।
यसैगरी नेकपा एमालेका उम्मेदवार अमनिश कुमार यादवले ४१० मत प्राप्त गरेका छन् भने नेकपाका डा. रजनिश रायले १२८ मत पाएका छन्।
त्यस्तै जनमत पार्टीका राकेश मिश्राले २६७ मत प्राप्त गर्दा जनता समाजवादी पार्टी (जसपा) का रामेश्वर राय यादवले ७ मत प्राप्त गरेका छन्।
उक्त क्षेत्रमा मतगणना कार्य जारी रहेको छ।