गौर,८ असार / सत्तापक्षकै सांसदले सामाजिक अपराध बढेको र दोषीलाई तत्काल पक्राउ गर्न सरकार असफल भएको आरोप लगाएका छन । नेकपा सांसद प्रभु साहले रौतहटको विजयपुर नगरपालिकामा ३ असारमा नाबालिकाको बलात्कार भएको र प्रहरी प्रशासनले मिलापत्रको कागज गर्न लागेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन । १५ वर्षीया मनीषा राम नामकी नाबालिकालाई बन्धक बनाई बलात्कार भएको छरु। प्रहरीको टोलीले १ बजे राति उद्धार ग¥योरु। मेडिकल टेस्ट भयो, तर अपराधी को हो ? गृहमन्त्रीसँग सोध्न चाहन्छु, पूर्वमन्त्री साहले भने । केही दिनअघि मात्रै रौतहटमा ६ वटा इस्काभेटरमा शृंखलाबद्ध आगजनी भएको तर अपराधी पत्ता लाग्न नसकेको उनले बताए । इस्काभेटर कसले जलायो ? अपराधी कहा छन् ? म सरकारसंग सोध्न चाहन्छु, उनले भने । नेकपाकै सांसद टेकबहादुर बस्नेतले पछिल्लो केही समययता सामाजिक अपराध बढिरहेको र अपराधीहरूको मनोबल बढिरहेको बताएरु। समाचार संकलनका लागि भक्तपुरको लोकन्थली पुगेका सल्लेरी खबरका समाचार सम्पादक दिनेश बस्नेतमाथि बिहीबार शैलेश श्रेष्ठको समूहले सांघातिक हमला गरेको भन्दै उनले घटनाको भत्र्सना गरे ।