रौतहट,१० असार । चन्द्रपुर नगरपालिकाको चौथो नगरसभा सोमबारबाट सुरु भएको छ । आगामी आर्थिक बर्ष २०७६÷०७७ को निती तथा कार्यक्रम र बजेट समेत प्रस्तुत गरिएको छ । आगमी आर्थिक बर्षका लागि नगरपालिकाको कुल बजेट मध्य अधिकांस बजेट संघिय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने जनाईएको छ ।
चन्द्रपुर नगरपालिकाको आगमी आर्थिक बर्षका लागि चालु तर्फ ६८ करोड एक लाख र पुजीगत तर्फ ५७ करोड ५० लाख गरी जम्मा एक अर्ब २५ करोड ५१ लाख अनुमानीत बजेट प्रस्तुत भएको चन्द्रपुर नगरपालिकाका प्रवक्ता गोबिन्द दुलालले जानकारी दिएका छन् ।
चन्द्रपुर नगरपालिका भित्र रहेका अतिबिपन्न घर परिवारका ७० बर्ष देखी माथि उमेरका जेष्ठ नागरिकहरुलाई नगरपालिकाले निशुलक देव स्थाल भ्रमण समेत गराउने र ८५ बर्ष माथिका नागरिकलाई घर घरमा गएर सम्मान गर्ने कुरा समेत निती तथा कार्यक्रममा उल्लेख रहेको छ । महिलाहरुको व्यावसायीक समुह गठन गरी एक समुह एक व्यावसायलाई प्राथमिकता दिने समेत जनाईएको छ ।
सरकारी ,निजी र सहकारी गरी तीन खम्बे अर्थ नितिको अवधारणाको आधारमा थप सुद्रीढ गर्दे लाने कुरा समेत निती तथा कार्यक्रममा जनाइएको छ ।
गएको आर्थिक बर्षमा चन्द्रपुर नगरपालिकाको बिभिन्न शिर्षको २ करोड ३७ लाख ५५ हजार फ्रिज भएको छ । निती तथा कार्यक्रम र बजेट चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरी प्रस्तुत गरेकी थिईन् ।