चन्द्रपुर,१० असार । रौतहट स्थित रत्न कन्या आधारभूत विद्यालय प्रधानाध्यापक राकेशकुमार सिंह विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विद्यालयको पाठ्यपुस्तक खरिद एवं वितरण गर्दा विद्यार्थी भन्दा बढी पुस्तक खरिद गरेको देखाएर आर्थिक हिनामिना गरेका अख्तियारले दाबी गरेको हो । उनले विद्यालयको शौचालय निर्माण तथा मर्मतसमेत गर्न झिकिएको पेश्की रकम खाइमास्ने नियतले आफैंसंग राखेका छन् । परीक्षा शुल्क, प्रमाणपत्र शुल्क लगायत विद्यार्थीबाट उठाएको २ लाख ५६ हजार १९३ रुपैया रकम समेत भ्रष्टाचार गरेका छन् । उनले विद्यार्थी हाजिरी रजिष्टरमा संख्या थपघट गरी पुनः पहिले देखिकै दैनिक हाजिरी संकेत गरी विद्यार्थी संख्या बढाई नाम हेरफेर, थपघट गरी सरकारी कागजात गैरकानुनी तरिकाले सच्याउने कार्य गरेको अख्तियारको दाबी छ । उनीहरु भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय मागदाबी गरी अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।