अशोक पहाडी
गौर,१३ असार / रौतहट जिल्लासंग सिमा जोडिएको बिभिन्न बजारको दशगजा नजिकै प्रसस्त मदिरा तथा मासुको पसल खुलेका छन् । ती पसल न त नेपालीले खोलेका हुन नत त्यहा“ खान नेपाली ग्राहकनै जान्छन् ।
भारतको बिहारमा सरकारले मदिरामा प्रतिबन्ध लगाएपछि त्यहाकै व्यापारीले नेपाल तिर आएर मदिरा पसल खोलेका हुन् । ती पसलमा मदिरा सेवनका लागि बिहारकै मान्छे आउने गरेका छन् । जिल्लासंग सिमा जोडिएका बजारहरुको मासु र दारुको पसल खुल्ने क्रम पछिल्लो समय निकै बढ्दै जान थालेको छ ।
होटल मात्र नेपालमा खोलिएको हो ,व्यापारी पनि बिहारकै होटलवाला पनि बिहारकै यसबाट नेपालीलाई कुनै फाईदा नभएको र बरु मदिरा सेवन गरेर उनीहरुले यहाको बाताबरणनै बिगारेको राजपाका नेता रेवन्त झाको भनाइ रहेको छ ।
जिल्लाको बंकुल बजारमा रहेका मदिरा र माछा मासु पसलमा दिउसो १ नबज्दै चहल पहल सुरु हुने गरेको स्थानीयले बताए । दिउसोबाट चल्ने मदिराको व्यापार राती अबेर सम्म जारी रहंने स्थानीय बासिन्दा आर्दश उपाध्यायले बताए । बिहारबाट मदिरा सेवन गर्न आउनेहरुले गर्ने हल्ला खल्लाको कारण बेला बेलामा समस्या उत्पन्न हुने गरेको उपाध्यायको भनाइ रहेको छ ।
भारतमा मदिरा प्रतिबन्ध भएपछि बंकुल बजारमा राम्रा र सुभिदा सम्पन्न होटल खुलेको भएपनि अधिकांस होटल भारतीयलेनै खोलेको स्थानीयको भनाइ रहेको छ । धेरैले त प्यानमा समेत दर्ता नगरी मदिराको खुलेयाम कारोवार गर्ने गरेको स्थानीयको भनाइ रहेको छ । गौर,बंकुल ,औरैया लगाएतका होटलमा मात्र नभएर सिमाबाट ४० किलोमिटर उत्तरको चन्द्रनिगाहपुर सम्म भारतीयहरु मदिरा सेवनका लागि आउने गरेका छन् ।