गौर,१७ असार / प्रहरीले पा“च किलो लागु औषध गा“जा सहित एकजनालाई पक्राउ गरेको छ । चन्द्रनिगाहपुरबाट गौर जादै गरेको ना २ ह ५३०६ नम्बरको अटो रिक्सा सहित प्रहरीले गाजा बरामद गरेको हो ।
चन्द्रनिगाहपुर गौर सडक खण्डको बाटो छाडेर भित्रिबाटो गौर जादै गरेको गरेको अटो रिक्सा माथि शंका लागेर खानतलासी गर्दा गौर नगरपालिका वडानं ४ घर भएका २२ बर्षका राकेश कुशवाहलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । गाजा सहित पक्राउ परेका कुशवाहलाई सोमबारनै म्याद थपेर आवश्यक अनुसन्धान गर्ने ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी ज्ञानकुमार महतोले जानकारी दिएका छन् । पछिल्लो समय चन्द्रनिगाहपुर क्षेत्रमा लागु औषधको कारोवार बढदै गएको गुनासो बढेपछि प्रहरीले सक्रियता बढाएको डिएसपी महतोेको भनाइ रहेको छ ।