गौर,१७ असार । रौतहटको राजदेवी नगरपालिकाको नगर प्रमुख धिरेन्द्र कुमार सिंहले बल प्रयोग तथा दादगिरी पराले नगर सभा गरेको उपप्रमुख अंशु सिंहले आरोप लगाएकी छिन । नगरपालिकामा नगर प्रमुख सिंह र नि।प्रमुख प्रशासकीय अधिकृत संजय पाण्डेले नगरपालिकामा आफ्नो मन खुसी र दादागिरी जस्तो विभिन्न कामकाज गरी भ्रष्टाचारी नगरपालिका बनाएको उपमेयर सिंहले आरोप लगाएकी छिन । उपमेयर सिंहले नगरपालिकाको गत बर्षको आमदनीको हिसाबकिताब माग्दा हिसाबकिताब नदिई सिस्टममा नगरसभा नभएको हुँदा उपमेयर सिंह सहित बडाअध्यक्ष र सदस्य सहित २८ जनाले सो नगरसभालाई बिरोध गरेका छन । नगर सभामा उपस्थिति माईनेट केही जनप्रतिनिधिले हस्ताक्षर गरे लगत्तै नगरपालिकाबाट सो माईनेट नै गायब भएको उपमेयर सिंहले जनाएकी छिन । नगरपालिकामा नि।प्रमुख प्रशासकीय अधिकृत पाण्डे आए संगै मेयर सिंहले मलाई बाईकाट गरि नगरपालिकामा लुटतन्त्र कायम गरेको उपमेयर सिंहले आरोप लगाएकी छिन । नगरपालिकामा एम्बुलेन्स,बारुण यन्त्र अतिनै जरुरी रहदा पनि नगर प्रमुख सिंहले बिकाश गर्न ४ वटा टिपर किनी बजेट तथा नगरपालिकाको आमदानीमा घोटाला गरिरहेको उपप्रमुख सिंहले आरोप लगाएकी छिन ।