चन्द्रपुर,१७ असार ।
नगर सफाईका लागि नगरपालिकाले प्रयाप्त गाडी खरिद गरेको भएपनि नगरको सफाइ भने खासै हुन सकेको छैन ।
चन्द्रपुर नगरपालिकाको मुखय चोकको फोहोर समयमा नउठने गरेका कारण स्थानीयले नाकनै थुनेर हिडने अवस्था आएको गुनासो बढदै जान थालेको छ ।
नगरपालिकामा सफाइ कर्मचारी समेत प्रयाप्त भएको भएपनि उनीहरुलाई काममा लगाउन नसकेका कारण फोहोर उठाएर फाल्नुको साटो उनीहरुले फोहोरको थुप्रोमै आगो लगाईदिने गरेको स्थानीय व्यापारी प्रलाद गौतमले बताए ।
चन्द्रपुर नगरपालिकाको वडानं ४ मा पर्ने पुर्व पश्चिम राजमार्ग छेउमा जताततै फोहोरको डंगुर रहेको र कुहिने फोहोरका कारण दुर्गन्ध बढेको व्यापारीहरुको भनाइ रहेको छ । फोहोरको उचित व्यावस्थापन नभएको बेलामा स्थानीय मोटर साईकल सर्भिसिङ गर्ने र राजमार्ग छेउमा निर्माण सामाग्री राखिएका कारण सर्बसाधारणलाई आवत जावतमा समस्या हुने गरेको गुनासो बढदै जान थालेको छ ।
चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले केही समस्याका कारण फोहोर नउठेको होला ,त्यस बिषयमा आफुले सम्बन्धीत फांटका कर्मचारी संग कुरा गरेर फोहोर व्यावस्थापनमा लाग्ने जानकारी दिए ।
बर्खा सुरु भईसकेको अवस्थामा फोहोर नउठे झनै नगरको मुख्य चोक दुर्गन्धित हुने स्थानीय युवा भरत आचार्यको भनाइ रहेको छ । नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि नगरको फोहोर राम्रसंग व्यावस्थापन हुन नसकेको समेत आचार्यको भनाइ रहेको छ । नगरको मुख्य चोकको नाला समेत सफा नभएका कारण समान्य पानी आउदा समेत राजमार्गनै खोपरीमा परिणत हुने गरेको छ ।