गौर,१७ असार । सरकारले झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएका पाच भारतीयका नाममा जारी नागरिकता रद्द गरेको छ । जसमा तीन जनाले रौतहटाबट झुठो बिबरण पेश गरेर नागरिकता लिएका थिए । सरकारले नागरिकता वितरणमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय गत बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले त्यसबारे जानकारी गराएका थिय । सप्तरी, धनुषा, रौतहटबाट नागरिकता लिने जीवनकुमार सिंह, धर्मेन्द्र ठाकुर, अजयकुमार ठाकुर, यमुना सिंह र कृपाली राउत भनी चिनिने कृपाली सिंहलाई कारबाही गर्ने सरकारले निर्णय गरेको हो ।रौतहट जिल्लामा झुठो बिबरण पेश गरेर धेरैले नेपाली नागरिकता लिएको भन्दै सम्बन्धीत निकायमा उजुरी परेको छ । जिल्लाको चन्द्रपुर नगरपालिकाबाटै धेरैले नक्कली कागजात र नक्कली बाबु आमा खडा गरेर नेपाली नागरिकता लिएको पाईन्छ । पैसा र राजनैतिक पहुंचका आधारमा नेपाली नागकिरता लिने माथि कर्वाही हुनुपर्ने राजपाका रौतहट नेता राजकुमार दासले बताए । मधेस आन्दोलन पछि र त्यस पछि समेत सयौ भारतीयले नेपाली नागरिकता रौतहट जिल्लाको बिभिन्न स्थानबाट हात पार्न सफल भएको र उनीहरुको नागरिकता खारेज हुनुपर्नेमा दासले जोड दिएका छन् । सरकारले भने झुठो बिबरण पेश नरेर नेपाली नागरिकता लिने जो कोहीलाई नछाडने बताएको छ ।