रौतहट,२० असार / नेकपा रौतहटको जिल्ला कमिटि गठन संगै असन्तुष्टी पनि बढेको छ । नेतृत्व बर्गले आफनो नजिकका मान्छेहरुलाइ मात्रै जिल्ला सदस्यमा चयन गरेको स्थानिय नेताहरुले आरोप लगाएका छन । बिगत लामो समय देखी पार्टी मै जिवन बिताएकाहरुले समेत जिल्ला कमिटिमा नअटाएपछि असन्तुष्टी बढेको हो । पार्टींको बिभिन्न जिम्मेवार सम्हाल्दै आएका तत्कालीन नेकपा एमालेका कृष्ण तिमलसिना,तत्कालीन नेकपा माओवादीका केन्द्रिय सल्लाहकार सदस्य समेत रहेका गणेश बस्नेत लगायत धेरै नेताहरु नेतृत्व बर्गले समेटन नसकेको उनीहरुको गुनासो छ । तत्काली नेकपा एमालेको तर्फबाट रौतहट मै एउटा मात्रै चन्द्रपुर नगरपालिकाबाट उप प्रमुखमा बिजयी रामरती चौधरीलाइ समेत जिल्ला कमिटिमा अटाउन नसकेको एक नेताले नाम नबताउने सर्तमा तराई एक्सप्रेसलाइ बताएका छन । रौतहटको १८ स्थानिय तहमा उप प्रमुख चौधरीले मात्रै एमालेको तर्फबाट उपप्रमुखमा बिजयी भएकी हुन । वाड अध्यक्ष जिल्ला कमिटिको सदस्य हुदा उप प्रमुख चौधरी जिल्ला सदस्यमा चयन हुन सकिनन । नेताले आफनो गुनगान गाउने र नजिकको आसेपासेलाइ मात्रै जिल्ला कमिटिमा राखेको उनका आरोप छ ।