गरुडा,२० असार / रौतहटको वीरेन्द्र राजमार्गअन्तर्गत गौर— चन्द्रनिगाहपुर सडकमा भारतीय नम्बरको मोटरसाइकलले ठक्कर दिदा एकजनाको मृत्यु भएको छ । बिहीबार दिउसो गौर नगरपालिका(६ सबगढाटोलबाट गौरतर्फ आउदै गरेको द्यच् घण् ध ण्ठढज्ञ नम्बरको मोटरसाइकलले ठक्कर दिदा यमुनामाई गाउपालिका(१ जेठरहियाका ७५ वर्षीय जनक बैठाको मृत्यु भएको हो ।
दीपक कुमार साहले चलाएको मोटरसाइकलले गौरको दालमिलस्थित पैदलयात्री बैठालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय गौरले जानकारी दिएको छ ।
घाइते बैठाको गण्डक अस्पताल प्रा. बीरगंजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । प्रहरीले चालक तथा मोटरसाइकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
जिल्लामा पछिल्लो समय भारतीय नम्बरका सवारीको ठक्करबाट नेपालीको ज्यान जाने क्रम बढदै जान थालेको स्थानीयले जानकारी दिए